• शनिबार, साउन ९ २०८३

त्रिवि दिवशमा गोेरखा क्याम्पसको स्ववियूले वक्तृत्वकला प्रतियोगिता गर्ने


शुक्रबार, असार ८ २०८०
3K
Shares

गोरखा । त्रि.वि. दिवशका अवसर पारेर स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसले नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी असार ११ गते दिवशको अवसर पारेर स्ववियूले गोरखा नगरपालिका स्तरीय मावि वक्तृत्वकला आयोजना गर्न लागेको हो ।

‘राष्ट्र निर्माणमा युवाको भूमिका’ बिषयक प्रतियोगितामा नगरपालिका क्षेत्रका विद्यालयलाई सहभागी हुन आह्वान समेत गरिएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगदसहित मेडल, प्रमाण पत्र प्रदान गरिने स्ववियूका सहायक सचिव रचन परियारले जानकारी दिए । त्यस्तै सान्त्वना २ जनालाई नगद १ हजारका दरले पुरस्कार प्रदान गर्ने तयारी रहेको उनले बताए ।

उनका अनुसार एक विद्यालयबाट एक जनाले प्रतियोगितामा सहभागी हुन पाउनेछन् भने दर्ता निशुल्क रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार