काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। जसअनुसार सहायक (चौथो तह) देखि वरिष्ठ प्रबन्धक ९नवौँ तह०सम्म कर्मचारी भर्नाका लागि दरखास्त खुलाइएको हो ।
बैंकले कुल ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागिएको छ।
कुल पदमध्ये सहायक (प्रशासन र नगद) मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्न लागिएको छ। यो पदका लागि प्लस टु उत्तीर्ण भए पुग्छ।
इच्छुक उम्मेदवार असार १० गतेदेखि अनलाइन आवेदन दिन सक्नेछन्। दरखास्त पेस गर्ने अन्तिम मिति असार ३० गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।
हेर्नुस सूचना :