• शुक्रबार, साउन ८ २०८३

ओखलढुङ्गाको चम्पादेवीमा पहिरोमा परी ४ को मृत्यु


शुक्रबार, असार ८ २०८०
1K
Shares

काठमाडौं । विहिबार परेको अबिरल बर्षाका कारण आएको पहिरोमा परि ओखलढुङ्गाको चम्पादेवीमा एकै घरका ४ जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुर्दा ३६ वर्षिय रण बहादुर गुरुङ, उनकी श्रीमती बर्ष २९ की शिवमाया गुरुङ, नीजहरुको छोरी कृतिका गुरुङ र १० वर्षका छोरा दिनेश गुरुङ मृत्यु भएको हो ।

मध्यरातमा पहिरो आएर घर पुरिएको खबर पश्चात घटनास्थलमा प्रहरी चौकी चुप्लु घोराखोरीबाट प्रहरीको टोली तथा शशस्त्र प्रहरीको टोली राती नै पुगेको थियो । प्रहरी, शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा घटनास्थलबाट रण बहादुर गुरुङ, उनकी छोरी कृतिका गुरुङ र श्रीमती शिबमायाको शब निकालीएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाकका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।

गुरुङका छोरा दिनेशको शब पुरिएको अवश्थामा फेला परी उद्धारको काम भैरहेको प्रहरीले जानकारी दिएको छ ।

चम्पादेवी गाउँपालिका ८, विलन्दुमा रहेको गुरुङ बस्तीका रण बहादुर गुरुङ, बल बहादुर गुरुङ र जहरसिंह गुरुङको घर पुरेको हो । पहिरो आएको थाहा पाएपछि अन्य दुईघरका परिवार भने भागेर बाच्न सफल भएको पनि प्रहरीले जनाएको छ ।

तस्बिर सौजन्य : जि प्र का ओखलढुंगा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार