• शुक्रबार, भाद्र १९ २०८३

म्याग्दीमा पनि देखियो कोरोना, गण्डकीमा संक्रमितकाे संख्या १७ पुग्याे


बिहिबार, जेष्ठ १५ २०७७
830
Shares

गोरखा । गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पनि एकजना कोरोना संक्रमित भएका छन्।

म्याग्दीको मालिका गाउँपालिका घर भई बेनी नगरपालिकाको क्वारेन्टिननमा बस्दै आएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।

उनलाई बेनी अस्पतालकै आइसोलेसन कक्षमा राखिएकाे बताइएकाे छ। योसँगै गण्डकीमा संक्रमितको संख्या १७ पुगेको छ। तीमध्ये २ जना निको भएर घर फर्किसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार