• शनिबार, साउन ९ २०८३

दुर्घटनामा घाइते सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन


मंगलबार, असार ५ २०८०
1.1K
Shares

काठमाडौं । गाडी दुर्घटनामा परेर घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको छ ।

मन्त्री सहित यस दुर्घटनामा निधन हुनेकाे स‌‌ङ्ख्या ३ पुगेकाे छ । सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह मृत्यु भएको थियाे ।  ।

घटनामा गम्भीर घाइते भएका मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको थियाे । पीएसओ दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीकाे अवश्था स्थिर रहेकाे अस्पतालले जानकारी दिएकाे छ ।

मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्यूँ गाउपालिका–१ धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

डडेल्धुराबाट चैनपुर आउने क्रममा गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसी दुर्घटना भएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार