• मंगलबार, असोज १३ २०८३

कास्की र तनहुँमा गरी दुई जनाकाे ज्यान गयाे


बिहिबार, जेष्ठ १५ २०७७
945
Shares

पाेखरा । बिहीबार गण्डकी प्रदेशमा दुई जनाकाे ज्यान गएकाे छ । एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरिएको अवस्थामा शव भेटिएको हाे।

पोखरा महानगरपालिका वडा नं १३ मा एक जनाको शव फेला परेको हो। बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा बिहीबार बिहान फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

त्यसैगरी बिहिबार नै तनहुँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। कपडा सुकाउने क्रममा बिजुलीको नांगो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार