• शनिबार, साउन ९ २०८३

मन्त्री सिंहको सवारी दुर्घटना, २ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्दार


मंगलबार, असार ५ २०८०
1.4K
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्री सवार गाडी दुर्घटनाम पर्नुभएका २ जनाको निधन भएको छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह मृत्यु भएको बताइएको छ  ।

प्रहरीका अनुसार मन्त्री सिंहको अवस्था गम्भीर छ । मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको छ ।

मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्यूँ गाउपालिका–१ धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

डडेल्धुराबाट चैनपुर आउने क्रममा गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसी दुर्घटना भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार