• शनिबार, साउन ९ २०८३

उपप्राध्यापक प्रेम चलाउनेमाथी अन्याय भएको भन्दै प्रदर्शन


मंगलबार, असार ५ २०८०
1.1K
Shares

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने व्यक्तिहरूविरूद्धको मुद्दा फिर्ता गरेपछि काठमाडौंमा प्रदर्शन भएको छ।

मंगलबार बृहत नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हो।

मन्त्रिपरिषदको बैठकले गत जेठ ३० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो।

उक्त निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार साँझदेखि अनसन पनि सुरू गरिसकेका छन्। उनले सुरू गरेको आन्दोलनमा बृहत नागरिक आन्दोलनले पनि ऐक्यबद्धता जनाएको हो।

प्रदर्शन गर्नेहरूले प्रेम चलाउनेलाई न्याय माग गरेका छन्।

तस्बिर : सेतोपाटी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार