• शुक्रबार, साउन ८ २०८३

तनहुँमा पहिरोले पुरिएर दुई मजदुरको ज्यान गयो


मंगलबार, असार ५ २०८०
1.5K
Shares

काठमाण्डौ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

हिजो सोमवार बेलुका नाली बनाउँदै गर्दा सडकको माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षका भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षका बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै घाइते झापाको शिवशताक्षी–७ का ४५ वर्षका कृष्ण लिङ्देनको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत सडक छेउमा नाली बनाउँदै गर्दा हिजो बेलुका पहिरो खसेको थियो ।

तस्बिर : फाइल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार