• शनिबार, साउन ९ २०८३

गोरखामा असोज २३ देखि कार्तिक ३ सम्म दशैं सस्तो बजार मेला हुने


मंगलबार, असार ५ २०८०
1.8K
Shares

गोरखा । दशै सस्तो बजार तथा रमाइलो मेला असोज २३ गते देखि कात्र्तिक ३ गते सम्म हुने भएको छ ।

चेम्बर अफ कमर्स गोरखाले आइतबार पत्रकार सम्मेलन गर्दै मेला आयोजना गर्ने सम्बन्धी जानकारी दिएको हो ।

तेस्रो संस्कारणको मेलामा ७ करोड कारोबार हुने अध्यक्ष भाइचन्द्र श्रेष्ठको भनाइ छ ।

उक्त मेलालाई ६० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

मेलाले घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुलाई प्राथमिकता दिने आयोजकको दाबी छ ।

यस्तै मेलामा स्थानीय उत्पादनका परिकारका बिक्री कक्ष, खसी बोका, च्याङग्रा, लोकल कुखुरा, सिलम, टिमुर तथा नेपाल खाद्य कम्पनी लिमिडेट र साल्ट ट्रेडिङबाट दैनिक उपभोगीय सामाग्रीको विशेष व्यवस्था गर्ने कमर्सले जनाएको छ ।

साथै, जिल्लाका विभिन्न पालिकाहरुमा उत्पादित बस्तुहरुलाई प्रवद्र्धन गर्न जोड दिइनअध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने, भएको छ ।

मेला अवलोकनको लागि विद्यार्थीहरुले ५० र अन्यको लागि एक सय रुपैया  प्रवेश शुल्क तोकिएको कमर्सका उपाध्यक्ष रामस्वरुप श्रेष्ठले जानकारी दिए ।

कमर्सका अध्यक्ष श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा कमर्सका कार्यसमितिहरु, पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार