काठमाडौं । शनिबार राती कोशी प्रदेशका बिभिन्न जिल्लामा आएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ ।
अबिरल बर्षातपछि आएको बाढीका कारण भोजपुर, संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी ७ जनाको मृत्यु भएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १/१ जना पुरुष, पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुषको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
त्यस्तै बाढी पहिरोमै परेर अझै २८ जना बेपत्ता छन् ।
यस्तै हालसम्म पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर बेपत्ता हुनेको सङ्ख्या २१ जना रहेको छ ।
जसमा सङ्खुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।