काठमाडौं । सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा सरकारले निःशुल्क गरिदिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै सबै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको कोरोना बीमा निःशुल्क गरिदिने घाेषणा गरेका हुन् ।