काठमाडौं । आईओएमको डीनको कार्यालय अगाडी एमबीबीएस र बिडीएसका विद्यार्थीको अनशन बिगत एक महिनादेखि जारी छ । एमबीबीएस र बिडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू मौका परीक्षाको माग गर्दै रिले अनशन बसिरहेका हुन् ।
विगत २९ दिन देखि आईओएमको डीनको कार्यालय अगाडी उनिहरु अनसन बसिरहेका छन्। मौका परीक्षाको व्यवस्था नगरेको भन्दै चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतका निजी र आङ्गिक कलेजका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीहरू अनशनमा बसेका हुन् ।
आईओएमको नियमअनुसार एमबीबीएस र बिडीएसमा अध्ययनरत विद्यार्थीले दोस्रो वर्षमा नियमित परीक्षासहित चार पटक मौका परीक्षा दिन पाउँछन्।
चार पटकमा पनि पास नहुने विद्यार्थीको भर्ना रद्द हुन्छ कलेजबाट निष्कासन हुनुपर्छ। डेढ वर्षको समयावधिमा तीन वटै पुरक परीक्षा हुन्छ।
अनसनरत विद्यार्थीहरू चार पटक परीक्षा दिँदा उत्तीर्ण गर्न नसकेकाहरू हुन्। उनीहरूले आइओएमसँग एक पटक फेरि मौका परीक्षाको माग गरिरहेका छन्।
विद्यार्थीहरूका अनुसार आइओएमले २०७६ सालमा उनीहरू भन्दा सिनियर विद्यार्थीहरुलाई एक पटक मौका दिएको थियो। सोही नजिरका अनुसार उनीहरूले पनि मौका परीक्षा पाउनुपर्ने उनीहरूको दाबी छ।