• शुक्रबार, भाद्र १९ २०८३

साउदीको दमाममा सञ्चालन भएको शिविरबाट झण्डै आठ सय श्रमिकले गराए राहदानी नवीकरण


बिहिबार, जेष्ठ ३२ २०८०
1K
Shares

साउदी अरेबियाको पूर्वी क्षेत्रको दमाम सञ्चालन भएको राहदानी सेवा शिविरबाट झण्डै आठ सय जना श्रमिकले राहदानी नवीकरणका लागि आवेदन दिएका छन् ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार गएको शुक्रवार र शनिवार सञ्चालन भएको शिविरमा सात सय ९६ जनाले राहदानी नवीकरणको आवेदन दिएका छन् भने १२ सय जनाभन्दा बढीको नवीकरण गरिएको राहदानी वितरण गरिएको छ । शिविरमा २५ सयभन्दा धेरै श्रमिक उपस्थित थिए ।

दूतावासले साउदीमा रहँदा आइपर्ने साझा समस्या, त्यसको समाधानको उपाय तथा त्यहाँ रहँदा गर्न हुने र गर्न नहुने विभिन्न विषयबारे जानकारी समेत दिएको जनाएको छ ।

दूतावासले गैरआवासीय नेपाली सङ्घसँगको समन्वयमा साउदीको राजधानी रियादभन्दा झण्डै चार सय किलोमिटर टाढा रहेको दमाममा राहदानी शिविर सञ्चालन गरेको हो ।

यस्ता शिविर सञ्चालन नभएको बेलामा भने यस क्षेत्रबाट राहदानी नवीकरणका लागि श्रमिकहरू रियादमा रहेको नेपाली दूतावाससम्म आउनु पर्ने बाध्यता छ । दूतावासले बेलाबेलामा यस्ताे शिविर सञ्चालन गर्ने गर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार