गोरखा । सदरमुकाममा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सुरु भएको छ ।
गोरखा नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत दोन्द्ध रुपान्तरण केन्द्र नेपालको प्राबिधिक सहयोगमा सोमवारदेखि तालिम सुरु भएको हो ।
‘विबादको साटो मेललिापको बाटो’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।
कायक्रमको सोमवार एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरले उद्धघाटन गरेका हुन् ।
उद्धघाटन कार्यक्रममा बोल्दै उनले गोरखा नगरपालिकालाई न्यायिक क्षेत्रमा उदाहरणीय नगरपालिका बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए । ‘तपाईको गाउँघरमा भएका बिभिन्न किसिमका बिबादहरुलाई वडामा मिलेसम्म वडामै मिलाउनुभयो भने सभ्य समुदाय बन्ने छ,’उनले भने,‘यो तालिमले तपाईहरुको समाजमा भएका समस्याहरु कसरी समाधान गर्ने भनेर ज्ञान प्राप्त हुनेछ ।’

आफ्नो गाउँ ठाउँमा उठेका बिबादहरुलाई मेलमिलापको माध्यमबाटै निरुपण गर्नु पर्ने उपप्रमुख एबं न्यायिक समिति संयोजक मसली माया थोकर(सपना पुन)ले बताईन् । बास्तविक पिडितले न्याय पाउन भनेर कार्यक्रमको आयोजना गरेका हौं,उनले भनिन्,‘म मेलमिलापकर्ता हो भनेर होइन गरेर चिनाउनुस ।’
एक वडामा ६ जना मेलमिलाप केन्द्र राख्ने उदेश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा नगरपालिकाको १४ वडा वडाभित्रका ५० जना प्रशिक्षार्थीलाई ४ जना प्रशिक्षकले तालिम दिने नगरपालिकाका कानून तथा फैसला कार्यान्वयन शाखा अधिकृत बिमला वाग्लेले बताइन् ।
तालिममा न्यायिक समितिमा कस्तो किसिमका विवादहरु हुन्छ, विवाद समाधान गर्नलाइ मेलमिलापकर्ताको भूमिका कस्तो हुनुपर्छ, सामाजिक न्याय भनेको के हो, लैङ्गिक हिंसाका प्रभावहरु, न्यायिक समितिको क्षेत्रधिकार, मेलमिलाप कर्ताको काम, कर्तव्य र भूमिका लगायतको बारेमा प्रशिक्षण दिने उनले बताईन् ।