• शनिबार, साउन ९ २०८३

विद्यालयमा ‘हेडसर’ बन्न अब खुला प्रतिस्पर्धा गर्नुपर्ने


बुधबार, जेष्ठ ३१ २०८०
3.2K
Shares

काठमाडौं । अब विद्यालयमा प्रधानाध्यापक बन्न खुला प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट सरकारले प्रधानाध्यापक छान्ने तयारी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारको योजना छ ।

सरकारले शिक्षा नियमावलीलाई संशोधन गर्दै छुट्टै कार्यविधि बनाई स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने योजना बनाएको हो ।

प्रधानाध्यापकका लागि योग्यता, अनुभव, तालिम, विद्यालय विकास प्रस्ताव लगायतलाई आधार मानेर कार्यविधि बनाई कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।

देशभर २८ हजार सामुदायिक विद्यालय छन् । आधारभूत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यमिक तहका लागि शिक्षा शास्त्रमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण शिक्षक प्रधानाध्यापक हुन पाउने कानुनी व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार