काठमाण्डौ । ग्रुमिङ टेल्सले १७ जुन २०२३ मा पब्लिक स्पिकिङ्ग प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाण्डौको होटल हिमालय मा आयोजना हुने प्रतियोगितामा ५ देखी १३ वर्ष उमेर समुहका बालवालिकाले भाग लिन सक्ने संस्थाले जनाएको छ ।
प्रतियोगिहरुले कम्तीमा १ मिनेट र अधिकतम २ मिनेट समय भित्रमा आफ्नो भनाई राख्नुपर्ने तथा भाषा अंग्रेजी हुनुपर्ने जनाइएको छ ।
प्रतियोगितामा विजेताले ५००० नगद तथा ५००० बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउने संस्थाले जनाएको छ ।
युवा अभियान्ताहरुद्धारा स्थापित सस्था ग्रुमिङ टेल्सले विभिन्न सामाजिक कृयाकलाप मार्फत युवा तथा बालबालिकाहरूका लागि जीवनउपयोगी शिक्षा प्रदान गर्दै आत्मविश्वास, जिम्मेवार र सशक्त बनाएर उनीहरूको जीवनमा परिवर्तन ल्याउन काम गरिरहेको छ ।