• शनिबार, साउन ९ २०८३

सय वटा विद्यालयले बुझाएनन छात्रवृत्ति विवरण, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो जवाफ नआए सम्बन्धन खारेज गर्ने तयारी


मंगलबार, जेष्ठ ३० २०८०
1.3K
Shares

काठमाडौं । काठमाडौंभित्र सञ्चालित सय वटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई महानगरपालिकाले लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । कामपाले पाँच दिनको म्याद दिएर यही २३ गते छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेको थियो ।

महानगरको सूचनाअनुसार अस्ति आइतबार ५ दिने म्याद सकिएको थियो । म्याद सकिएको भोलिपल्ट हिजो विवरण बुझाउने विद्यालयको संख्या गणना गरेको थियो । ‘कामपाभित्र ५ सय ४ विद्यालय छन् तीमध्ये अझै सय वटाले विवरण बुझाएका छैनन्,’ कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने ।

उनका अनुसार ३ सय ४२ मध्ये एक सयले विवरण बुझाएका छैनन् । विवरण नबुझाउने विद्यालयमाथि महानगरले कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ‘पहिलो चरणमा छात्रवृत्ति विवरण नबुझाउने तपाइको विद्यालयलाई किन कारबाही नगर्ने बेहोराको पत्र बुझाउनेछौं, चित्तबुझ्दो उत्तर नआएमा सम्बन्धन खारेजी प्रक्रियामा जानेछौं,’विभाग प्रमुख कोइरालाले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार