• शनिबार, साउन ९ २०८३

गण्डकीमा फेरी देखियाे एक जनामा काेराेना, संक्रमितको संख्या १६ पुग्यो


बिहिबार, जेष्ठ १५ २०७७
815
Shares

पाेखरा । गण्डकी प्रदेशमा थप एक जनामा काेराेना पुष्टी भएकाे छ । बिहिबार बिहान नवलपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको हाे ।

नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

चितवनस्थित भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना पुष्टि भएको हो ।

बिहिबार बिहान मात्रै स्याङ्जाका तिन जनामा पनि काेराेना पुष्टी भएकाे थियाे । यससंगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १६ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार