काठमाडौं । काठमाडौंमै कानून विपरित सञ्चालनमा रहेका दुई अस्पताल सिल गरिएको छ । दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका चाइना पिपुल्स हस्पिटल र हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टरमा काठमाडौ महानगरपालिकाले सिल गरेको हो ।
महानगरको टोलीबाट भएको अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएपछि सिल गरिएको हो । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।
अस्पतालले अपनाउनु पर्ने मापदण्ड समेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलल जानकारी दिए बताए ।
चाइना पिपुल्स हस्पिटल बौद्धमा र हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर कोटेश्वरबाट सञ्चालन भइरहेका थिए ।
टोलीले अस्पताल परिसरमा रहेको औषधि पसलमा पनि सिल गरेको छ।