• शनिबार, साउन ९ २०८३

अबदेखि देशभरका १६ वटै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेण्डर


सोमबार, जेष्ठ २९ २०८०
2.4K
Shares

काठमाडौं । काठमाडौं । देशभर रहेका १६ वटै विश्वविद्यालयमा अबदेखि एउटै शैक्षिक क्यालेण्डर लागू हुने भएको छ । ११ वटा संघीय र ५ वटा प्रादेशिक गरी १६ वटा विश्वविद्यालयमा एउटै क्यालेण्डर लागू हुने भएको हो ।

हाल विश्वविद्यालयका आ–आफ्नै शैक्षिक क्यालेन्डरले उच्चशिक्षाको समयतालिका भद्रगोल अवस्थामा छ । समयमै भर्ना, अध्यापन र परीक्षाको नतिजा प्रकाशन नहुँदा विद्यार्थीहरु समस्या पर्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले देशभर रहेका सबै विश्वविद्यालय समेटिने गरी उच्च शिक्षा सम्बन्धी राष्ट्रिय एकीकृत शैक्षिक क्यालेण्डर निर्माण गर्न लागेको हो । जुन अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

‘काम गरिरहेका छौ, यो क्यालेण्डर बनेपछि हामीले सरकारबाट स्विकृतीपनि लिनुपर्ने हुन्छ’ विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. देवराज अधिकारीले भने ‘सरकारबाट स्विकती आएको भोलीपल्ट बाटै हामी कार्यान्वयनमा जान्छौ ।’

शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोग, त्रिभुवन र काठमाडौं विश्वविद्यालयका प्रतिनिधि सम्मिलित समितिले शैक्षिक क्यालेण्डरलाई अन्तिम रुप दिएको हो । यसै वर्षदेखि शैक्षिक क्यालेण्डर लागु भएपछि उच्चशिक्षामा देखिएको विसंगति हट्ने आयोगको दाबी छ ।

एकीकृत शैक्षिक क्यालेण्ड स्वदेशका विश्वविद्यालय मात्र नभई विदेशका शैक्षिक संस्थाको भर्ना प्रक्रियालाई पनि आधार मानेर बनाइएको छ ।

आयोगले बनाएको एकीकृत क्यालेन्डर सरकारले स्वीकृत गरेसँगै यसै वर्षबाट लागु हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार