ललितपुर । नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ।
ललितपुरको किस्ट अस्पतालमा ५६ वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको हाे ।
कलेजो संक्रमणका बिरामी जेठ १२ गते अस्पताल भर्ना भएका उनको स्वाब संकलन गरिएर परीक्षणका लागि टेकु पुर्याइएको थियो।
निधनको केहीबेरपछि टेकुबाट आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।
उनकाे निधनपछि अस्पताल सिल गरिएकाे छ ।