पोखरा । स्याङजामा थप तिन जनामा कोरोना पुष्टी भएको छ ।
बिहिबार बिहान स्याङजाको वालिङ नगरपालिकाका २२, २६ र ३९ बर्षका तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हाल उनिहरु वालिङकै क्वारेन्टिनमा रहेको र सदरमुकामको जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा बिनाेद बिन्धु शर्माले बताए ।
यसअघि समेत स्याङजामा २ जनामा स्रक्रमण पुष्टी भएको थियो । यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ ।