• शनिबार, साउन ९ २०८३

सिनामंगलमा प्रहरीले गोली चलायो


आइतबार, जेष्ठ २८ २०८०
1.2K
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा प्रहरीले गोली चलाएको छ । आइतबार लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारी नियन्त्रणमा लिन गोली चलाएको हो ।

नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।

‘लागुऔषध कारोबार गर्ने एक जनालाई घुँडाभन्दा तल गोली लागेको जानकारी ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

प्रहरीको गोली लागेर घाइते भएका एक जनालाई उपचारको लागि केएमसी अस्पताल लगिएको छ । निजको साथबाट लागू औषध बरामद भएको तथा थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार