• शनिबार, साउन ९ २०८३

भरतपुरका विद्यालयमा थप ४ दिन बिदा


शुक्रबार, जेष्ठ २६ २०८०
1.6K
Shares

चितवनको भरतपुर महानगरपालिकाले थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार भोलिदेखि जेठ ३० गतेसम्म ४ दिन विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए ।

यसअघि महानगरले जेठ २१ देखि आज २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको उनले बताए ।

यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार