• शनिबार, साउन ३० २०८३

बागलुङमा थपिए संक्रमित, पुन: ६ जनामा संक्रमण पुष्टी


बुधबार, जेष्ठ १४ २०७७
865
Shares

गाेरखा । बागलुङमा पुनः एकैचोटी ६ जनामा कोरोना संक्रमण देखिएको छ।

दुई जना संक्रमित निको भएर घर फर्केपछि कोरोना मुक्त भएको बाग्लुङमा फेरी ६ जनामा काेराेना पुष्टी भएकाे गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विश्वबन्धु शर्माले जानकारी दिए ।

बागलुङको तमानखोलाका ४ र बडीगाडका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।

संक्रमितहरु हालैमात्र भारतबाट आएका हुन्। उनीहरु गाउँकै क्वारेन्टिनमा थिए।

पीसीआर परीक्षण पोजेटिभ देखिए पनि उनीहरुको अवस्था सामान्य छ। उनीहरुलाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा ल्याउन लागिएकाे शर्माले बताए ।

पछिल्लो घटनासँगै गण्डकीमा संक्रमितको संख्या १३ पुगेको छ। मंगलबार मात्रै स्याङ्जाको वालिङको क्वारेन्टिनमा बसेका दुईजनामा संक्रमण पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार