• शनिबार, साउन ९ २०८३

माल्टा, रोमानिया लगायतका देशमा कामदार पठाउने भन्दै अवैद्य रकम असुल्ने कन्सल्टेन्सीमा विभागको छापा


शुक्रबार, जेष्ठ २६ २०८०
1.2K
Shares

काठमाडौँ । गैरकानूनी रुपमा रकम असुलेर वैदेशिक रोजगारीमा पठाउन खोज्ने एक कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । काठमाडौको कलंकीमा रहेको युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको टोलीले बिहीबार छापा मारेको हो ।

सो कन्सल्टेन्सीले अवैद्यानिक रुपमा युवाहरुबाट रकम असुलेर रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोजेको थियो । वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो ।

विभागले छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्ट समेत नियन्त्रणमा लिइएको हो । सामाजिक सञ्जालमा गैर कानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली ती देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरी समेत विभागमा परेको थियो ।

उक्त कन्सल्टेन्सीहरूले टिकटक तथा फेसबुकको प्रयोग गरी गैर कानुनी रूपमा सूचना दिने गरेको र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ । कन्सल्टेन्सीले कम्तीमा ५० हजारदेखि एक लाख अग्रिम असुल गरेको समेत पाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार