• शुक्रबार, भाद्र १९ २०८३

वडाध्यक्षको क्वारेन्टिनमै मृत्यु


बुधबार, जेष्ठ १४ २०७७
810
Shares

कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।

५८ वर्षीय ती वडाध्यक्षको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले पुष्टि गरेका हुन्।

क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको अस्पतालले जनाएको छ। श्रेष्ठले नतिजा आएपछि मात्र शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार