• आइतबार, साउन १० २०८३

शुक्रराज ट्रपिकल अस्पतालकी नर्सका पति क्वार्टरमै मृत भेटिए


बिहिबार, जेष्ठ २५ २०८०
1.1K
Shares

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एकजना नर्सका श्रीमान् मृत फेला परेका छन्।

अस्पतालकी नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौं प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए। 

उनका अनुसार पहिले क्वार्टरमै बसेका शर्मा दम्पत्तिले पछिल्लो समय छुट्टै डेरा लिएका थिए। नर्स शर्मालाई डेराबाट कार्यालय पुर्‍याउन दधिराम जान्थे। 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। घटनाबारे कालिमाटी वृत्तका डीएसपी नरहरि अधिकारीले भने बोल्न नमिल्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार