• आइतबार, साउन १० २०८३

मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा, यसरी कुम्ल्याए साढे २ करोडबढी रकम !


बुधबार, जेष्ठ २४ २०८०
975
Shares

काठमाडौ । ललितपुरको मेडिसिटी अस्प्तालमा कार्यरत कर्मचारीले करोडौं रकम ठगी गर्दै आएको खुलेको छ ।

अस्पतालको विलिङ सफ्ट्वेयरको दुरुपयोग गरी करोडौं रकम ठगी गरेको आरोपमा अस्पतालका कार्यरत ३ कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो ।

ती कर्मचारीले अस्पतालबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।

पक्राउन पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरिएको छ।

उनिहरु सबै अस्पतालको विलिङ सेक्सनमा कार्यरत कर्मचारी रहेको खुल्न आएको छ ।

उनीहरुले विगत एक वर्षदेखि अस्पतालको सफ्टवेयरको दुरुपयोग गर्दै ठगी गरिरहेको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताएका छन्।

ती कर्मचारीले सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्ज वापत वास्तविक शुल्क लिने र सफ्टवेयर इन्ट्रीमा भने वास्तविकभन्दा कम शुल्क राख्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार