• शनिबार, साउन ९ २०८३

आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा विदेश लगेर अलपत्र पार्ने क्रम बढ्दो


बुधबार, जेष्ठ २४ २०८०
1.7K
Shares

काठमाण्डौ । विभिन्न व्यक्ति तथा संस्थाहरुले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर भिजिट भिसामा विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार विभिन्न कन्सल्टेन्सी र व्यक्तिहरूले राम्रो काम र कमाइको लोभ देखाइ भिजिट भिसामा लैजाने र विभिन्न देशमा पुर्‍याएर अलपत्र पारी ठगी गर्ने क्रम बढेको हो ।

मोबाइल नम्बर, फेसबुक, युटुयुव लगाएका सूचना प्रविधिको प्रयोग गरी फिलिपिन्स, इजरायल, माल्टा लगायतका देशमा आकर्षक तलब र सुविधाको प्रलोभन देखाउने, पैसा उठाउने र गैरकानुनी ढङ्गबाट यी देशमा पुर्‍याइ अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ ।

यसरी वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गरेर भाग्ने क्रम बढेपछि विभागमा यस प्रकृतिको उजुरी पनि दिनहुँ बढिरहेको छ ।

तर बिना प्रमाणका यस्ता मुद्दामा पीडितलाई समयमा न्याय दिन कठिन भएको विभागले जनाएको छ । लाखौँ रुपैयाँ ठगी भएको हुँदा पनि प्रमाण नहुँदा ठग्ने व्यक्तिलाई कारबाही गर्न समय लाग्ने गरेको छ ।

वैदेशिक रोजगारीमा जाँदा इजाजत लिएका म्यानपावर कम्पनीमार्फत मात्र जान र वैदेशिक रोजगारीको लागि रकम बुझाउँदा प्रयोजन खुलाई भरपाई साथमा राख्न विभागले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार