गोरखा । वातावरण दिवशमा मोर्डन सेकेण्डारी इंलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले गोरखा बजारमा सरसफाई गरेका छन् ।
५१ औं अन्तराष्ट्रिय वातावरण दिवशका अवसरमा सो विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीले बजार क्षेत्रमा सरसफाई गरेका हुन् ।
वातावरण संरक्षण, स्वच्छ सरसफाई तथा प्रदुषण निराकण गर्न बिभिन्न प्लेकार्ड, ब्यानरसहित निस्केका विद्यार्थीले बजार क्षेत्रको हरमटारी, अस्पताल चोक, घ्याम्पेशाल चोक, ठूलोआँगन, पदेली, रानीपोखरी, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको प्रधानाध्यापक सिताराम तिवारीले बताए ।
कार्यक्रममा विद्यार्थीसंगै शिक्षक शिक्षिकाको समेत सहभागिता रहेको थियो ।



