• शनिबार, साउन ९ २०८३

विश्वविद्यालयले अब स्वदेशमै रोजगारी सृजना गर्न भुमिका खेल्नुपर्छः प्रधानमन्त्री दाहाल


सोमबार, जेष्ठ २२ २०८०
1.1K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन् । 

काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई साेमबार बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले भने,  ‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्दछ ।’ उनले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरु पछि परे ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार