चितवन । नेपाली काँग्रेस गोरखा–चितवन सम्पर्क समिति गठन भएको छ । गोरखा घर भई चितवनका बिभिन्न स्थानमा बसोबास गर्दै आएका काँग्रेस निकटहरुको भेलाले सम्पर्क समिति गठन गरेको हो ।
हिजो चितवनको रत्ननगरमा भएको भेलाले सभापतिमा विनोद पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । पाण्डे गोरखाको सिरानचोक गाउँपालिका घर भई हाल चितवन बस्दै आएका छन् ।
त्यस्तै समितिको उपसभापतिमा होमनाथ सापकोटा र रमेश पुडासैनी चयन भएका छन् । सचिवमा अमिरबाबु खनाल र रमेश बञ्जारा सर्वसम्मत चयन भएको बताइएको छ ।
नेपाली काँग्रेस गोरखाका उपसभापति इमानसिं बस्न्यातको प्रमुख आतिथ्यतामा भएको भेलाबाट सदस्यहरुमा हेमराज गुरुङ, नारायण दाहाल, रविन्द्र लामिछाने, सर्मिला लामिछाने, रविलाल भट्ट, रमित ढकाल र सुनिता दवाडी चयन भएका छन् ।