• शनिबार, भाद्र २० २०८३

विपन्न नागरिकको लागि दश प्रतिशत शय्या छुट्याउन बागमती प्रदेश स्वास्थ्यको मन्त्रालयको निर्देशन


आइतबार, जेष्ठ २१ २०८०
880
Shares

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालहरुले विपन्न, असह्याय, बेवारिसे बिरामीको लागि अनिवार्य रुपमा दश प्रतिशत शय्या छुट्याउनुपर्ने निर्णय लागू गर्न निर्देशन दिएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गरी सरकारी, निजी, सहकारी तथा सामुदायिक सबै अस्पतालहरुले कुल शय्याको दश प्रतिशत विपन्न नागरिकलाई छुट्याउने निर्णय लागू गर्न निर्देशन दिएको हो।

उपलब्ध सेवाहरुको विवरण तथा लाग्ने शुल्क समेच खुलाएको नागरिक वडा पत्र स्वास्थ्य संस्थाको अग्रभागमा देखिने गरी राख्ने व्यवस्था गर्न पनि मन्त्रालयले भनेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार