• शनिबार, साउन ९ २०८३

अमेरिकी भिसाहरूको आवेदन शुल्क बढ्यो


शनिबार, जेष्ठ २० २०८०
935
Shares

काठमाडौं । अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो ।

भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् ।

दूतावासका अनुसार ई-भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।

भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले जानकारी गराएको छ ।

२०२३ जुन १७ तारिखदेखि अमेरिकाको भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैर-आप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुनेछ । पेटिसनमा आधारित (H, L, O, P, Q, R) भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् । E भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछन् । अमेरिकी अर्थतन्त्रमा अन्तर्राष्ट्रिय यात्राले खेल्ने महत्त्वपूर्ण भूमिका हामीले बुझेका छौँ । भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी एक वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार