मोहसिन अलि मियाँ
गोरखा । पर्साको वीरगन्जस्थित गण्डक कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका २१ जना कोरोनामुक्त भएका छन् ।
काेराेना संक्रमण देखिएर गण्डक अस्पतालमा राखिएका उनिहरुलाई निको भएपछि मंगलबार राति करिब १० बजे डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ।
डिस्चार्ज हुनेमा ५ महिला र १६ पुरुष छन् । जसमा ३ बालबालिका रहेकाे वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सिभिलखबरलाई बताए ।
नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालकाे आइसाेलेशनमा रहेका ३० मध्ये २१ संक्रमित कोरोनामुक्त भएका हुन् । अब साे अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेकाे मेयर सरावगीले जानकारी दिए ।
गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई मंगलबार राती मेयर सरावगी, अस्पताल सञ्चालक रहबर अन्सारी लगायत स्वास्थ्यकर्मीहरुले फूल दिएर स्वागत तथा विदाई गरेका थिए ।
लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएकाे छ ।
यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल नारायणीकाे आइसाेलेशनमा कुनैपनि संक्रमित नरहेकाे मेयर सरावगीले बताए ।
‘नारायणी पूरै खाली भयाे, अब संक्रमित देखिएपनि हामी यहाँ राख्दैनाै’ उनले सिभिलखबरलाई भने ‘अब यहाँबाट पहिले जस्तै जनरल सेवा सुरु गर्ने तयारीमा छाै ।’
उनका अनुसार नगरपालिकाले थप जाेखिमलाई मध्यजनर गर्दै गण्डक अस्पताल नजिकै रहेकाे सिद्धार्थ स्कुलमा २ सय बेडकाे प्रि आइसाेलेशन निर्माण गरेकाे छ । संक्रमित भएपनि लक्षण र समस्या नभएकालाई साे आइशाेलेसनमा राखिने तयारी रहेकाे मेयर सरावगीले बताए ।
हेर्नुस स्वागत तथा बिदाईका १० तस्विर
(तस्विर : रहबर अन्सारीकाे फेसबुक)








