• आइतबार, साउन १० २०८३

शहिद लखनलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो


शनिबार, जेष्ठ २० २०८०
1.6K
Shares

सुदिप श्रेष्ठ

गोरखा । शहिद लखन गाउँपालिकालाई पुर्ण खोप पालिका घोषणा तथा दिगोपन सुनिश्चितता घोषणा गरिएको छ । खोपको मापदण्ड पुरा गरेपछी शनिवार पालिकाले पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको हो ।

विगत ३ वर्ष देखि कोभिड १९ को महामारीका कारण पूर्ण खोप घोषणा गर्न नसेकेको गाउँपालिकाले यो वर्ष पुर्ण खोप घोषणा गर्ने गोरखा जिल्लाको पहिलो पालिका भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका गाउँपालिका खोप समन्वय समितिका सदस्य सचिब बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘सबै वडामा रहेका स्वास्थ्यकर्मीहरुले घरधुरी सर्बेक्षण गर्दा १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुले १५ महिना भित्र पुरा गरेको वा नगरेको र १५ महिना भित्रका बालबालिकाहरुले नियमित खोप लिए नलिएको भनेर धरदैलो तथ्यांक संकलन कार्य गरीयो, ’उनले भने, ‘यसरी घरधुरी सर्बेक्षण गर्दा १६ देखि ५९ महिनाका ८९५ जना र १५ महिना मुनीका ३८१ बालबालिकालाई खोप लगाईएको पाएका छौ ।’

जेठ एक गते देखि ७ गते भित्र सवै वडाहरुले आ–आफ्नो वडालाई पुर्ण खोप घोषणा गरेका थिए ।

गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षता तथा स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरिक्षक नानिबाबु दानिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडा नं ६ कावडाध्यक्ष दिलिपथापा मगर, वडा नं ८ का वडाध्यक्ष बाशुदेब ढकाल, समाजिक बिकास समिति संयोजक कृष्ण बहादुर पजालगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्य लिना थापा, ९ वटै वडाका स्वास्थ्य प्रमुख एबं स्वास्थ्य कर्मी, स्वयंसेवक लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार