• आइतबार, साउन १० २०८३

विपन्नको उपचार निशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी


शुक्रबार, जेष्ठ १९ २०८०
720
Shares

काठमाडौं । सरकारले तोकेको मापदण्ड अनुसार विपन्न नागरिकको उपचार निशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चेतावनी दिएका छन् ।

शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक रुपमा पछाडी परेका नागरिकको उपचार निशुल्क रुपमा नगर्ने नीजि तथा सरकारी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

त्यस्तै उनले अस्प्तालहरुसंग नागरिकलाई निःशुल्क उपचार गरेको विवरण समेत मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

अस्पताल सञ्चालनको स्वीकृति लिँदा गरेको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन दिए ।

उनले भने, ‘जसले सम्झौता अनुसार सेवा दिएको छैन, कानूनी परिधिभित्र रहेर हामी कारबाही शुरु गर्छौं ।’

मन्त्री, सांसद वा नेताहले सिफारिस गर्दा बेड पाउने, नभए नपाउने अवस्थाको अन्त्य गर्ने समेत उनले बताए ।

‘मन्त्रीको सिफारिस भए पनि एउटै, सर्वसाधारणको भए पनि एउटै । सिफारिस पनि चाहिएन । खाली छ भने लाने, छैन भने लानु परेन’, वेडको विवरण वेबसाइटमा राख्ने भन्दै स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘वेबसाइटमा राखिएको कुरा झुटा सावित भयो भने त्यो हस्पिटललाई हामी कारबाही गर्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार