• शनिबार, साउन ९ २०८३

त्रिविमा वर्षे बिदा दिन पाउने


शुक्रबार, जेष्ठ १९ २०८०
1.6K
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वर्षे बिदा दिने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुनेगरी वर्षे बिदा दिने निर्णय गरेको हो ।

वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यो वर्षको वर्षे बिदा आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सकिने जनाएको हो ।

परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार