काठमाडौ । नेपालबाट हज गर्न जाने यात्रीहरुलाई बिदाई गरिएको छ । यस बर्ष नेपालबाट जाने १ हजार १ सय १९ जना हजयात्री मध्ये बिहिबार पहिलो उडान मार्फत २६१ जनालाई बिदाई गरिएको हो ।
बिदाईका लागि बिहिबार राती साढे ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमास्थल पुगेको थियो ।
१४ जिल्लाका गरी २६१ जना हजयात्रीलाई बिदाई गर्दै गृहमन्त्री श्रेष्ठले देशको उन्नती र समृद्धीका लागि प्रार्थना गर्न अनुरोध गरेका थिए । ‘ल हज सफल होस्, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला’ हजयात्रीलाई बिदाईको नमस्कार गर्दै उनले थपे ‘देशको उन्नती, प्रगती र समृद्धीको लागि अल्लाहसंग प्रार्थना गर्नुहोला ।’

बिदाई कार्यक्रममा गृहमन्त्री श्रेष्ठसहित मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, सदस्य मोहम्मददिन मियाँ, साँसदहरु सेराज फारुकी, कल्पना मियाँ, हज समितिका कार्यवहाक अध्यक्ष अक्बर मियाँ लगायतको टोली विमानस्थल पुगेको थियो ।
बिहिबार साढे २ मा जजिरा एयर मार्फत भएको उडानमा कपिलबस्तुका १९१ जना, कैलालीका २, सुर्खेतका १, बर्दियाका ५, दाङका ३, अर्घाखाँचीका ८, नवलपरासी पश्चिमका ९, पाल्पाका १, स्यांजाका ६, कास्कीका ५ जना, गोरखाका २३, चितवनका २, तनहुँका ३, रुपन्देहीका ३ जना गरी २ सय ६१ जना रहेको हज समितिले जनाएको छ ।

बाँकी रहेका हजयात्रीलाई हरेक दिनको उडान मार्फत यहि जेठ २४ गतेसम्म साउदी पु¥याइसक्ने हज समितिको उडान तालिकामा उल्लेख छ ।
हजयात्रीको रेखदेख तथा ब्यवस्थापनका लागि समितिका १४ जना, चिकित्सकसहितको मेडिकल टिम लगायत समेत साउदी जाने तयारीमा रहेको बताइएको छ ।
हजयात्रामा जानका लागि यस बर्ष समितिले प्रतिब्यक्ति ४ लाख ६५ हजार रुपैया शुल्क तोकेको थियो ।
तर हवाई टिकट अनुमानित भन्दा कम शुल्कमा बोलपत्र स्विकृत भएकाले ६ हजार १ रुपैयाका दरले समितिले प्रत्येक हजयात्रीलाई फिर्ता गर्ने जनाएको छ । रकम हजयात्रीको बैंक खातामा असार १५ गतेभित्र पठाइसक्ने समितिको तयारी छ ।
थप फोटो