• शनिबार, साउन ९ २०८३

अत्यधिक गर्मीका कारण सुनसरीका तीन पालिकाका विद्यालय बन्द


बिहिबार, जेष्ठ १८ २०८०
1.4K
Shares

काठमाण्डौ । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन पालिकाका विद्यालयमा बिदा दिइएको छ ।

इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको मेयर केदार भण्डारीले जानकारी दिए ।

गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उनले बताए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले पनि आजदेखि २३ गते मंगलवारसम्म विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए ।

यसैगरी इटहरी उपमहानगरले आज र भोलि बिदा दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

केही दिनयता तराईका जिल्लासहित देशभर गर्मी बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार