• मंगलबार, भाद्र २ २०८३

एकिकरणले दियो गण्डकीलाई झण्डै २ लाखको स्वास्थ्य सामाग्री


मंगलबार, जेष्ठ १३ २०७७
885
Shares

गोरखा । एकिकरण नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको गण्डकी गाउँपालिकालाई एक लाख ९६ हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीबाट बच्न र संक्रमण जोखिम कम गर्न भन्दै संस्थाले गाउँपालिका मार्फत समुदायका नागरिकलाई बिभिन्न ७ किसिमका स्वास्थ्य तथा सरसफाईका सामाग्री सहयोग गरेको हो ।

जसमा ५० लिटर स्यानिटाइजर, ४ सय थान नुहाउने साबुन, ४ सय थान लुगा धुने साबुन, १ सय थान डिजिटल थर्मोमिटर, ५ सय थान ब्रस, मञ्जन, ५ सय थान मास्क र २ सय थान सेनिटरी न्याप्किन रहेको संस्थाका कार्यक्रम संयोजक चन्द्र देवकोटाले जानकारी दिए ।

डिसिए नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा साहस परियोजना मार्फत गाउँपालिकाको बिभिन्न वडामा शिक्षा, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आएको एकिकरणले सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष होमबहादुर रानालाई सो सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा रहेका नागरिक तथा विपन्न र सिमान्तकृत वर्गका गरी एक सय परिवारलाई लक्षित गरी सो सामाग्री सहयोग गरिएको परियोजनाका कार्यक्रम संयोजक देवकोटाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार