• आइतबार, साउन १० २०८३

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर


बिहिबार, जेष्ठ १८ २०८०
675
Shares

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । 

मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए ।

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, परोपकार प्रसुतिगृह स्त्रीरोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा बद्री रिजाललाई जिम्मेवारी तोकिएको छ । 

राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी मन्त्री बस्नेतले डा चुमनलाल दास र डा यदुचन्द्र गौतम मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिएका छन् । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार