• आइतबार, साउन १० २०८३

स्वास्थ्यका नाै उच्च अधिकारीकाे सरुवा


बिहिबार, जेष्ठ १८ २०८०
905
Shares

काठमाण्डौ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधवार मन्त्री स्तरीय निर्णय गरी मन्त्रालय मातहतका नाै उच्च अधिकारीकाे सरुवा गरेका छन् ।

लामो समयदेखि भूमिकाविहिन बसेका नारायण ढकाललाइ औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएको छ । उनलाई कुनै पनि जिम्मेवारी नदिँदा मन्त्रालयमा हाजिर गर्दै फर्कनुपर्ने अवस्था थियो।

यस अघिका औषधि व्यवस्था विभागको महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशाला सरुवा गरेकाे मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा.चुमनलाल दासलाई मन्त्रालयमा तानि डा.रुद्र मरासिनी लाई जिम्वेवारी दिइएकाे छ उनि यस अघि राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक थिए । उता राष्ट्रिय ट्रमा सेन्टरकाे जिम्मेवारी अर्थोपेडिक सर्जन डा.बद्री रिजाललाई दिइएकाे छ ।

राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा.यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा तानि तालिम केन्द्रमा डा.अनुज भट्टचनलाई पठाइएकाे छ ।

त्यस्तै परोपकार प्रसूति गृहका निर्देशक डा.पवनजंग रायामाझी पनि मन्त्रालयमा पदस्थापन गरी डा. श्रीप्रसाद अधिकारीलाई परोपकार प्रसूति गृहको निर्देशक बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार