• मंगलबार, कार्तिक ४ २०८३

स्वास्थ्यका नाै उच्च अधिकारीकाे सरुवा


बिहिबार, जेष्ठ १८ २०८०
965
Shares

काठमाण्डौ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधवार मन्त्री स्तरीय निर्णय गरी मन्त्रालय मातहतका नाै उच्च अधिकारीकाे सरुवा गरेका छन् ।

लामो समयदेखि भूमिकाविहिन बसेका नारायण ढकाललाइ औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएको छ । उनलाई कुनै पनि जिम्मेवारी नदिँदा मन्त्रालयमा हाजिर गर्दै फर्कनुपर्ने अवस्था थियो।

यस अघिका औषधि व्यवस्था विभागको महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशाला सरुवा गरेकाे मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा.चुमनलाल दासलाई मन्त्रालयमा तानि डा.रुद्र मरासिनी लाई जिम्वेवारी दिइएकाे छ उनि यस अघि राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक थिए । उता राष्ट्रिय ट्रमा सेन्टरकाे जिम्मेवारी अर्थोपेडिक सर्जन डा.बद्री रिजाललाई दिइएकाे छ ।

राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा.यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा तानि तालिम केन्द्रमा डा.अनुज भट्टचनलाई पठाइएकाे छ ।

त्यस्तै परोपकार प्रसूति गृहका निर्देशक डा.पवनजंग रायामाझी पनि मन्त्रालयमा पदस्थापन गरी डा. श्रीप्रसाद अधिकारीलाई परोपकार प्रसूति गृहको निर्देशक बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार