• शनिबार, साउन ९ २०८३

बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा सारिँदै


बिहिबार, जेष्ठ १८ २०८०
1.3K
Shares

काठमाण्डौ । काठमाण्डाै बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालयलाई ताहाचलमा सारिने भएको छ । 

जेठ २१ गतेदेखि आँशिक रुपमा र असार १ गतेदेखि पूर्णरुपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ । ताहाचलमा रहेको श्रम कार्यालय परिसरभित्रैबाट विभागले सेवा प्रवाह गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

अहिलेसम्म विभागले काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे हिमालयन सीमापार व्यापार भवनको घर भाडामा लिइ सेवा दिँदै आएको छ । तर हालको ठाउँ सेवा प्रवाहको लागि सानो पर्दा विभागलाई समस्या भइरहेको छ । विभागमा दैनिक सयौँको संख्यामा सेवा लिन आउनेहरुको लागि पार्किङको समेत समस्या रहेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार