• आइतबार, साउन १० २०८३

सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइकेयरबीच सम्झौता


बुधबार, जेष्ठ १७ २०८०
1.4K
Shares

सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइकेयर एन्ड हेल्थ सर्भिसबीच सम्झौता गरिएको छ। बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई एएसजी आइकेयरका स्वास्थ्य सेवाहरू सुलभमा उपलब्ध गराउने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो।

सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आइकेयरका निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई आँखासम्बन्धी ओपीडी प्याकेजलगायतमा छुट दिइनेछ। साथै आँखा चेकजाँचमा १० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार