• आइतबार, साउन १० २०८३

देशभरका कैदीबन्दीको स्वास्थ्य बिमा गर्ने तयारी


बुधबार, जेष्ठ १७ २०८०
845
Shares

सरकारले सबै कैदीबन्दीको स्वास्थ्य विमा गर्ने तयारी थालेको छ । सरकारले थुनुवा पुर्जीको आधारमा स्वास्थ्य बिमा गर्ने तयारी थालेको हो ।

सबै कैदीबन्दी तथा थुनुवाको उपचारको दायीत्व नेपाल सरकारको भएकाले समानताको हकलाई आत्मसात गर्दे सवै देशीबिदेशी कैदीलाई अदालतको थुनुवा पुर्जीका आधारम विशेष प्रीमियम बनाइ लागू गर्ने सरकारको योजना छ ।

त्यसका लागि स्वास्थ्य बिमा ऐन तथा नियमावली संसोधनका लागि पहल गर्ने र हाल मन्त्रिपरिषदबाट विशेष निर्णय गराउन पहल गर्न सम्बद्ध निकाय सहमत भएको केन्द्रीय कारागार अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

गृहमन्त्रालय,कारागार व्यवस्थापन विभागअन्तरगत रहेको केन्द्रीय कारागार अस्पतालको सेवा प्रभावकारी बनाउन पहिलो पटक अन्तरमन्त्रालय समन्वय बैठक २०७९ फागुन २१ गते बसेको थियो ।

सचिवस्तरीय बैठकबाट गठित कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ भने दोस्रो बैठकको तयारी भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार