• शनिबार, साउन ९ २०८३

आजमात्रै थपिए ९० जना कोरोना संक्रमित, संख्या ७७२ पुग्यो


मंगलबार, जेष्ठ १३ २०७७
860
Shares

नेपालमा एकैदिन ९० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ।

 मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२ , नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षण महोत्तरीका २ जना, जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जना, रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको प्रवक्ता देवकोटाले बताए।

जनकपुर अस्पतालमा उपचाररत धुनुषाका एक पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमा २ वर्षीय बालिका पनि छन्। रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ।

यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ। सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए।

प्रवक्ता देवकोटाले आजमात्रै ९० जनामा संक्रमण पुष्टि भएको र योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार