• आइतबार, साउन १० २०८३

स्वास्थ्यमन्त्रीले सात दिनभित्र ६८ अस्पताललाई कारबाही नगरे आफैले बन्द गराउने मेयर बालेनको चेतावनी


बुधबार, जेष्ठ १७ २०८०
1.2K
Shares

काठमाडौं । अटेरी गर्ने ६८ अस्पताललाई कारबाही गर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेका छन् ।

कुल शैयाको १० प्रतिशत शैयामा विपन्न तथा असहायको निशुल्क उपचार नगराउने तथा विवरण समेत नदिने महानगरभित्रका ६८ अस्प्ताललाई ७ दिनभित्र कारबाही गर्न मेयर शाहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सिफारिस गरेका हुन् ।

मेयर शाहले मंगलबार मन्त्री बस्नेतलाई भेटेर सूची बुझाउदै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका हुन्। मेयर शाहले कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पताललाई मन्त्रालयले कारबाही नगरे महानगरपालिका आफैंले बन्द गराउने समेत चेतावनी दिएका छन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अटेर गर्ने काठमाडौं महानगरपालिकाभित्रका ती अस्पतालाई ७ दिनभित्र कारबाहीको दायरामा नल्याइए महानगर आफैं अग्रसर भएर बन्द गराउने मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जानकारी दिएका छन्।

‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ। स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं। यदि मन्त्रीज्यूले ७ दिनभित्र अस्पताललाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं,’ मेयर शाहले फेसबुकमा लेखेको छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार